मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिटिजन लाईफ इन्स्योरेन्सद्वारा ११ लाख मृत्यु दावि भुक्तानी

सिटिजन लाईफ इन्स्योरेन्सद्वारा ११ लाख मृत्यु दावि भुक्तानी


सुर्खेत । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड वीरेन्द्रनगर शाखाले बिमा दावी रकम भुक्तानी गरेको छ । वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका बिमित स्वर्गीय जगतबहादुर शाहीको परिवारलाई सिटिजन शुभारम्भ योजना अन्तर्गत १० लाख (पाँच पाँच लाखका दुईओटा विमा पोलिसी) बिमांक रकम र काजकिरिया खर्च वापतको एक लाख गरी कुुल ११ लाख रकम शाहीकी श्रीमती रत्ना शाहीलाई घरमै पुगेर हस्तान्तरण गरिएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारी, वीरेन्द्रनगर ९ का वडा अध्यक्ष ऋषी गिरी र सिटिजन लाईफका क्षेत्रीय शाखा प्रमुख जीवनकुमार धामी तथा एजेन्सि मेनेजरहरुको उपस्तिथि रहेको थियो ।

नेपाल बिमा प्राधिकरण प्रदेश कार्यालय प्रमुख सोडारीले बिमा गरिब हुन नदिने माध्यम भएको र बिमालाई स्थानिय सरकारहरुले प्राथमिकतामा राख्नु पर्ने बताए । शुभारम्भ बिमा योजनामा रहेका ७ वटा सुबिधा अन्तर्गत बिमितको मृत्युु पश्चात पाइने दुई गुणा बिमांक रकम (डिएसए) सुबिधा बाफत बिमितको परिवारलाई १९ बर्ष पछि पुन १० लाख रुपैयाँ प्रदान गरिने छ ।

सिटिजन लाइफ वीरेन्द्रनगर शाखा प्रमुख नम बहादुर खड्काका अनुसार बिमित स्व.जगतबहादुर शाहीको परिवारले बिमांक रकम र काजकिरिया खर्च वापत ११ लाख प्रदान गरिएको छ भने, बिमा अवधी समाप्ती पछी परिवारले पुनः १० लाख रकम प्राप्त गर्ने छन् ।