मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री शर्माद्वारा कर्णाली हाई अल्टिच्युड टे«निङ सेन्टर अनुगमन

मुख्यमन्त्री शर्माद्वारा कर्णाली हाई अल्टिच्युड टे«निङ सेन्टर अनुगमन


कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली हाई अल्टिच्युड टेनिङ सेन्टर जुम्लाको अनुगमन गरेका छन् । उनले जुम्लाको पातारासी गाउँपालिका–३ छुमगाउँको लौठचौरस्थित निर्माण भइरहेको ट्रेनिङ सेन्टर, विश्वको सर्वाधिक उचाइमा काली मार्सी धान फल्ने स्थान छुमचौर ज्युलोको अनुगमन गरेका हुन ।

युरोपसम्मका खेलाडीहरु भित्र्याउने उद्देश्यका साथ निर्माण गर्न थालिएको उक्त टे«निङ सेन्टर खेल पर्यटनका हिसाबले निकै सम्भावना रहेकाले यसको विकासमा जोड दिइने मुख्यमन्त्री शर्माले बताए । “प्राकृतिक सुन्दरता, उच्च स्थानमा कालीमार्सी धान फल्ने र शिरका रुपमा ठडिएको पातारासी हिमाल पर्यटकीय उच्च सम्भावना बोकेका ठाउँहरु हुन्”, उनले भने, “यी ठाउँको विकास र प्रवर्द्धनले यहाँका नागरिकहरुको सामाजिक, सांस्कृतिक र आर्थिक विकास हुनाका साथै कर्णाली प्रदेश सरकारको अर्थतन्त्रमा सहयोग पुग्ने देखिन्छ ।” निर्माणाधीन ट्रेनिङ सेन्टरको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० रु ४० करोडको रहेको छ ।

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईंले ट्रेनिङ सेन्टरको काम धिमा गतिमा अगाडि बढेको बताए । सो कार्यालयका प्राविधिक प्रेमबहादुर शाहीका अनुसार प्रदेश सरकारको आव २०७६र७७र७८ गरी रु एक करोड २३ लाख र सङ्घ सरकारअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को चालु आवमा रु ५० लाख लगानी भएको छ । उहाँले डिपिआरमा तोकिएको बजेटअनुसार मात्र चार प्रतिशत प्रगति भएको जनाए।

प्रदेश सरकारको गौरवको योजना मानिएको सो टे«निङ सेन्टर निर्माण कार्य भइरहे पनि प्रदेश सरकारअन्तर्गत जुम्ला सदरमुकाम खलङ्गामा निर्माण सुरु गरिएको रु एक करोड २५ लाखको प्यारापिटको निर्माण कार्य भने अलपत्र परेको छ । आर्थिक वर्ष २०७६र७७र७८ सालसम्म बजेट हाले पनि त्यसपछि प्रदेश सरकारबाट बजेट नआउँदा प्यारापिटको काम रु ४५ लाख बजेट बराबरको मात्र काम भएको छ ।

सो परियोजनाको काम अधुरो बनेको सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ । कर्णाली हाई अल्टिच्युड टे«निङ सेन्टर र जुम्ला खलङ्गाको प्यारापिट निर्माण कार्य दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्नुपूर्व सम्पन्न गरिसक्नुपर्ने भलिबल प्रशिक्षक बरमबहादुर महतले बताए ।

त्यसैगरी, मुख्यमन्त्री शर्माले जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित राजीकोटमा रहेको उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान ९मारी०को पनि अनुगमन गर्नुभएको छ । उच्च पर्वतीय क्षेत्रको पशु, चरन तथा घाँसेबाली, बाली, बागवानी, माछा, जडीबुटी र औषधिजन्य वनस्पतिको उत्पादन र उत्पादकत्व बढाई सो क्षेत्रमा बसोबास गर्ने जनसमुदायको जीवनस्तरमा सुधार ल्याउन सहयोग गर्ने लक्ष्यका स्थापना भएको प्रतिष्ठानको समेत उहाँले अनुगमन गर्नुभएको थियो ।रासस