सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जना स्वास्थ्यकर्मी रहेका छन् । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ११ को झुप्राखोला भन्ने स्थानमा भएको जिप दुर्घटनामा जिपमा सवार पाँच जना मध्ये चार जनाको मृत्यु भएको थियो । उनीहरु चारै जना स्वास्थ्यकर्मी भएको खुलेको हो । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ बस्ने दैलेख भैरवी गाउँपालिकाका…