मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीकोटकाे कोटवाडामा पहिलाे पटक बिजुली बल्यो

कालीकोटकाे कोटवाडामा पहिलाे पटक बिजुली बल्यो


कालीकाेट – कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा पहिलाे पटक बिजुली पुगेकाे छ । नेपाल विद्युत् प्राधिकरण र ठेकेदारले विद्युतीय संरचनाकाे काम सकाएपछि हिजाे काेटवाडामा बत्ती पुगेकाे हाे । पहिलो पटक गाउँमा बिजुली बलेपछि कोटवाडाका स्थानीय खुशी भएका छन् ।

नरहरिनाथका अन्य वडामा अहिले विद्युतीय संरचना निर्माणको काम भइरहेकाले अबको केही दिनमा अन्य वडामा पनि बत्ती पुग्ने प्राधिकरण वितरण केन्द्र कालीकोटका प्रमुख इञ्जिनियर विमल कुमार शाहीले बताए ।

बिजुली नपुगेका अन्य पालिकामा विद्युत् पुर्याउने तयारी भइरहेकाे कालीकोट वितरण केन्द्र मर्मत शाखा प्रमुख जयप्रसाद पाण्डेले बताए ।