मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली राजमार्ग अहिलेसम्म खुलेन : यात्रु अलपत्र (भिडियो)

कर्णाली राजमार्ग अहिलेसम्म खुलेन : यात्रु अलपत्र (भिडियो)


क्षतिपूर्तिको माग राख्दै मृतकका आफन्तद्वारा कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्गको कालिकोट–सुर्खेत सडक खण्ड अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको छ । ट्रकले ठक्कर दिएर पैदल यात्रीको ज्यान गएपछि क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले कर्णाली राजमार्ग अवरुद्ध गरेका हुन् ।

कालिकोटबाट सुर्खेतका लागि जाँदै गरेको भे १ ख ३५१८ नम्वर ट्रकले गए राति कर्णाली राजमार्गको जाक्सी नजिक ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिका–३ जाक्सीका ४५ वर्षीय तिलबहादुर माझीको घटनास्थलमै ज्यान गएको थियो । ठक्कर दिएर पैदल यात्रीको ज्यान गएपछि भाग्दै गरेको ट्रकलाई २ किलोमीटर टाढा रोकेपछि चालक फरार भएका थिए । फरार चालकको खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपकसिंह बिष्टले बताए ।
चालकलाई पक्राउ गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति माग राख्दै आफन्तजनले सडक अवरुद्ध गरेपछि अहिले गाडी धनी संगछलफल भइरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा बिहानैदेखि आएका सुर्खेत, कालिकोट, जुम्ला र मुगुका यात्रुहरु बिचल्लीमा परेका छन् ।