कर्णाली प्रदेश

सुर्खेत जीप दुर्घटना: चार जनाको मृत्यु

अछाम: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।

जीप चालक वीरेन्द्रनगर– ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का ३१ वर्षीय बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको हो।

पाँचजना सवार बागमती प्रदेश ०१० -२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जीप गएराति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो।

चारैजनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते एकजनाको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अध्यक्ष धामी कस्ता थिए ? उनको सपना के थियो ? (रिपोर्ट)
साँफेबगरमा पालिका स्तरिय भलिबल प्रतियोगिता हुदैँ, प्रथम पूरुस्कार २ लाख १ सय ११
पञ्चदेवल विनायकको कालो दिन
एलपी शर्माको ‘लिलु’ छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्डको मनोनयनमा पर्न सफल