अछाम : सेती लोकमार्ग अन्तरगत दक्षिणी खण्डमा निर्माण हुने सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि सरकारले अनुमति दिएको छ। कैलालीको बर्दगोरिया र मोहन्याल गाउँपालिकामा पर्ने राष्ट्रिय वन क्षेत्र सेती लोकमार्गको सडक संरचना निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गर्दै संघीय मन्त्रीपरिषद्को बैठकले रुख कटानका लागि समेत अनुमति दिएको हो। गत कार्तिक २० गते बसेको मन्त्रीपरिषद्को बैठकले…