बाजुरा: जनता आवास कार्यक्रमअन्तर्गत बाजुरा जिल्लाका करिब एक हजार घरका छाना फेरिने भएका छन्। खर र फुसले छाएका नौ वटै स्थानीय तहका एक हजार १२ परिवारका लागि पहिलो चरणमा छाना छाउन बजेट विनियोजन गरिएको छ। तीन वर्षभित्र देशभरका सबै खर र फुसका छाना विस्थापन गर्ने नीतिअनुसार बाजुरामा आगामी आर्थिक वर्षका लागि हजारभन्दा बढी घर परेका छन्।…