मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका दुई सहित सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

अछामका दुई सहित सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि


धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा शुक्रबार भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीनजना, मंगलसेन अछामका दुईजना, चुरे गाउँपालिका कैलालीका दुईजनामा कोरोना पुष्टि भएको हो।

यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका एक/एक जनामा कोरोना पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६९ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ भने पुष्टि भएका सात जनाको मृत्यु भएको छ।

बीहिबार मात्र सुदूरपश्चिममा अहिले सम्मकै सबैभन्दा बढि चार सय ४६ जनामा कोरोना पुष्टि भएको थियो। – दिनेश खबर