मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारमा दाहाल र ओली बीच भेट

बालुवाटारमा दाहाल र ओली बीच भेट


काठमाडौं- पार्टीभित्र विवाद चुलिएका बेला सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ।

पछिल्लो समय ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा गर्न दबाव बढेपछि चर्केको विवाद चुलिंदै जाँदा पार्टी फुटको संघारमा पुगेको छ।

बिहीबार बिहान दुई अध्यक्षबीच भएको सहमतिविपरित प्रधानमन्त्री ओलीले संसदको जारी वर्खे अधिवेशन अन्त्य गरेपछि पार्टी फुटको संघारमा पुगेको हो।

विवाद समाधानका लागि पार्टीको स्थायी समिति बैठक दुई दिनका लागि स्थागित गरिएको छ भने नेकपाका दोस्रो तहका नेताहरु पनि आपसी छलफलमा जुटेका छन्।