मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुराको पीसीआरमा पहिलो पटक परीक्षण गरिएका १३ वटा स्वावको रिपोर्ट नेगेटिभ

डडेल्धुराको पीसीआरमा पहिलो पटक परीक्षण गरिएका १३ वटा स्वावको रिपोर्ट नेगेटिभ


डडेल्धुरा ।

नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन हिजोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा स्थापना गरिएको पीसीआर मेसिनमा  हिजो परीक्षण गरिएका १३ वटा थ्रोट स्वावको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ ।

डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसालले हिजो राति परीक्षण गरिएका नवदुर्गा गाँउपालिकाका नौ र अन्य चार वटा थ्रोट स्वावको नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
पीसीआर मेसिन सञ्चालनमा आएपछि यो यो पहिलो रिपोर्ट हो ।

ह्युमानिटी फाउण्डेस नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । – नेपाल समय