मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनस्तरबाटै जुट्याे पीसीआर मेसिन किन्ने रकम

जनस्तरबाटै जुट्याे पीसीआर मेसिन किन्ने रकम


काठमाडौं । कोरोना भाइरसबाट आक्रान्त रहेको सुदूरपश्चिम प्रदेशको डडेलधुरामा पीसीआर मेसिन किन्ने अभियान सम्पन्न भएको छ । पीसीआर मेसिन किन्न सक्ने पैसा जम्मा भएपछि शुक्रबार अभियान सम्पन्न गरिएको अभियानका संयोजक अमरबहादुर शाहीले बताएका छन् ।

सुदूरपश्चिमको नागरिक समाज र ह्युम्यानिटी फाउन्डेसनले संयुक्तरूपमा आयोजना गरेको अभियानमा करिव ७५ लाख बराबरको रकम जम्मा भएको हो । 

ह्युम्यानिटी फाउन्डेसन नेपालको खातामा अहिलेसम्म ७४ लाख १५ हजार रुपैयाँ जम्मा भइसकेको जनाइएको छ । सुदूरपश्चिममा पीसीआर मेसिन नभएर नागरिकहरूले समस्या भोगिरहेको अवस्थामा फाउन्डेसन र समाजले संयुक्तरूपमा अभियान आयोजना गर्दै मेसिन किन्न पैसा जुटाएको थियो ।  

राम्रो सोच र विश्वास रह्यो भने मान्छे सधैं सहयोग गर्न तयार हुन्छ भन्ने स्पष्ट भएको ओलम्पियन दीपक विष्ट, क्रिकेट प्रशिक्षक जगत टमटाले बताए । उनीहरू दुई जना पनि यस अभियानमा सहभागी थिए । – बाह्रखरी