धनगढी : लकडाउनको समयमा सरकारले उद्योगधन्दा संचालनको पूर्ण अनुमति दिएपनि कैलालीका अधिकांस उद्योग भने अहिले बन्द अवस्थामा रहेका छन्। कच्चापदार्थको अभाव, बजारिकरणमा समस्या र कामदारहरुको व्यवस्थापन लगायतका समस्या देखापरेपछि अधिकांश उद्योगहरु बन्द रहेका हुन्। लकडाउनका कारण पछिल्लो समय कैलालीमा साना ठूलागरी ९५ उद्योगधन्दा बन्द भएका छन्। घरेलू, मझौला, ठुला उद्योग गरी कैलालीमा सय बढी उद्योग रहेपनि…