मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईतवार सुदूरपश्चिमका ३७ जनाको कोरोना परीक्षण, ६४ जनाको र्‍यापिड टेस्ट

आईतवार सुदूरपश्चिमका ३७ जनाको कोरोना परीक्षण, ६४ जनाको र्‍यापिड टेस्ट


धनगढी : पीसीआर परीक्षण निकै कम सङख्यामा भईरहेको सुदूरपश्चिम प्रदेशमा र्‍यापिड टेस्ट गर्ने क्रम पनि घटेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको पछिल्लो जानकारी अनुसार आज निकै कम जनाको र्‍यापिड टेस्ट भएको छ। 

आज ३७ जनाको पीसीआर बिधीबाट कोरोना परीक्षण गरिएकोमा ६४ जनाको र्‍यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। आज पीसीआरबाटै कोरोना परीक्षणका लागि ३१ जनाको थ्रोट स्वाब संकलन गरिएको जानकारी दिदै स्वास्थ्य निर्देशनालयले अब १३ जनाको परीक्षण रिपोर्ट प्राप्त हुन बाँकी रहेको जनाएको छ।

यस्तै निर्देशनालयले फागुन १ गतेदेखि सुुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि नमूना संकलन सुरु भएकोमा हाल सम्म दुबै बिधीबाट १७ हजार नौँ सय १८ जनाको कोरोना परीक्षण भईसकेको जनाएको छ। पीसीआर बिधीबाट दुई हजार ८ सय ८२ जनाको परक्षिण र १४ हजार एक सय ३६ जनाको र्‍यापिड टेस्ट गरिएको निर्देशनालयको दावी छ। अव प्रदेशभरी पाँच हजार एक सय ९५ र्‍यापिड टेस्ट किट मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

यस्तै सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म चार जना संक्रमित सहित कोरोना भाइरस संक्रमणको आंशकामा आइसोलेशनमा राखिएका एक सय १८ जनालाई डिस्चार्ज गरिएको छ। नौ जिल्ला रहेको प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा स्थापना गरिएका आइसोलेसनबाट अहिले सम्म एक सय १८ जनालाई डिस्चार्ज गरिएको हो। प्रदेशमा सबैभन्दा बढी सेती प्रादेशिक अस्पतालबाट चार जना कोरोना संक्रमित सहित ४३ जना डिस्चार्ज भएका छन्।

प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार अछामको बयलपाटा अस्पताल र  डडेल्धुरा अस्पतालबाट १४/१४ जना डिस्चार्ज भएका छन्। अछाम जिल्ला अस्पतालबाट ११, महाकाली अस्पतालबाट ८, डोटी जिल्ला अस्पतालबाट ६ जनालाई डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ। 

यस्तै बैतडी जिल्ला अस्पतालबाट र गोकुलेश्वर अस्पतालबाट ५/५, बाजुरा अस्पतालबाट ४, कैलालीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रबाट तीन, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, टिकापुर अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पतालबाट २/२, बझाङ र बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट १/१ जनालाई डिस्चार्ज गरिएको जनाइएको छ। प्रदेशका दुई अस्पतालमा हाल एक जना कोरोना संक्रमित र दुई जना शंकास्पद गरी तीन जना व्यक्तिहरुलाई आइसोलेसनमा राखी उपचार भइरहेको निर्देशनालयले जनाएको छ। 

शंकास्पदलाई कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो भने संक्रमितलाई दुई पटक सम्म रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। निर्देशनालयले सुदूरपश्चिम प्रदेशभरी एक सय ५४ बेडको आईसोलेसन रहेको दावी गरेको छ। कोरोना संक्रमित धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, लम्कीका २१ बर्षीय युवक, लम्कीकै ६१ बर्षीय महिला र कञ्चनपुरको वेदकाोटका ४१ बर्षीय पुरुष डिस्चार्ज भएका हुन्। 

यस्तै सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार अहिले प्रदेशभरीका क्वारेन्टाईनमा तीन हजार पाँच सय ७२ जनालाई राखिएको छ। प्रदेश भरी ८ हजार नौँ सय ५६ जना अटाउने तीन सय ९२ वटा क्वारेन्टाईन स्थापना गरीएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशभरी विभिन्न ठाउँमा एक सय ५४ जना अटाउने आईसोलेसन कक्षहरु प्नि निर्माण गरिएको निर्देशनालयले जनाएको छ। – dineshkhabar