मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले सुदूरपश्चिमका चार जिल्ला रेड जोनमा राख्यो

सरकारले सुदूरपश्चिमका चार जिल्ला रेड जोनमा राख्यो


धनगढी : सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका चार जिल्लालाई कोरोना भाईरसको रेड जोनमा राखेको छ। कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय–सुझाव प्रतिवेदनमा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीलाई रेड जोनमा राखिएको छ।

लकडाउन जारी राख्ने कि आंशिक खोल्ने भन्ने विषयमा सुरक्षा निकायले तयार पारी समिति र गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा संक्रमण जोखिमका आधारमा उच्च जोखिम क्षेत्रलाई रातो, आंशिक जोखिम क्षेत्रलाई पहेंलो र न्यून जोखिम क्षेत्रलाई हरियो गरी तीन क्षेत्रमा ७७ जिल्लालाई छुट्याइएको कान्तिपुरमा समाचार छ।

गृहको सुझावमा २९ जिल्ला रातो, २८ जिल्ला पहेंलो र २० जिल्ला हरियो क्षेत्रमा छुट्याइएको छ। जसमा सुदूरपश्चिमका चार जिल्ला रेड जोन, तीन जिल्ला एल्लो र दुई जिल्लालाई ग्रीन जोनमा राखिएको छ।

रेड जोनमा राखिएका जिल्लामा लकडाउन लमब्याउने तयारी गरेको छ भने अन्य जिल्लामा केही खुकुलो पारिने सरकारले जनाएको छ।