मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा कोरोनाको परीक्षण सुस्त हुँदा संक्रमणको स्थिती अज्ञात

सुदूरपश्चिममा कोरोनाको परीक्षण सुस्त हुँदा संक्रमणको स्थिती अज्ञात


धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको शंकास्पद व्यक्तिहरुको परीक्षण सुस्त हुँदा संक्रमणको स्थिीतीबारे अझै अन्योलता छ। प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रयोगशाला जडान गरिएको भएपनि नमूना संकलन नै नभएपछि कोरोना परीक्षण निकै सुस्त भईरहेको छ। प्रदेशमा भारत सहित विभिन्न जिल्लाबाट फर्किएकाहरुलाई अनिवार्य क्वारेन्टाईनमा राख्ने काम भएपनि नमूना संकलन र परीक्षणको काम भने नभएको हो।

धनगढीमा दुईवटा प्रयोगशाला स्थापना गरिएको भएपनि नमूना संकलन नै नहुने समस्याले परीक्षणको कामले गति लिएको छैन्। पीसीआर प्रविधि मात्र नभएर सुदूरपश्चिममा र्‍यापिड टेस्टअथवा आरडीटी परीक्षण पनि निकै सुस्त छ। झण्डै ३५ दिन भारतमा क्वारेन्टाईन राखेर ल्याईएकाका दुई हजार पाँच सय बढिलाई फेरी अनिवार्य क्वारेन्टाईनमा राखिएको छ तर उनीहरुको समान्य स्वास्थ्य चेकजाँच बाहेक ¥यापिड टेस्ट समेत हुन सकेको छैन्।

किटको पर्याप्तता नहुँदा परीक्षण गर्न नसकिएको दावी गरिएको छ। स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवन प्रसाद जोशीले चैत १८ गते भारतबाट उद्दार गरी ल्याईएका एक हजार दुई सय ४६ जनालाई सम्बन्धीत स्थानीय तहको क्वारेन्टाईनमा राखिएको बताए। पुर्चौडी नगरपालिकामा मात्र सात सय ९० जनालाई क्वारेन्टाईनमा राखिएको तर उनीहरु कसैको पनि कोरोना परीक्षण नभएको जनाए।

उनीहरुको र्‍यापिड टेस्टका लागि सात सय किट मात्र उपलब्ध भएकाले व्यवस्थापन गरिरहेको जोशीले जानकारी दिए।  प्रदेशमा कोरोना भाईरसको परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने बेला झनै सुस्त भएपछि कुन क्षेत्रमा कतिको जोखिम छ भन्ने अवस्था अज्ञात रहेको छ। धनगढीमै १२ घण्टाको अवधीमा साढे दुई सय बढि नमूना परीक्षण गर्न सकिने प्रयोगशाला जडान गरिएको भएपनि संकलन नहुदा अहिले औसतमा १० देखि २० वटा सम्म परीक्षण हुदै आएको छ।

परीक्षणको दर घट्नु नमूना संकलन हुन नसक्नु नै भएको प्रयोगशालाले बताउँदै आएको छ। लकडाउनको समयमा दायरा बढाउँदै परीक्षणलाई तिव्र पारेर जोखिमको स्थिती पत्ता लगाउन सकिने भएपनि सुदूरपश्चिममा त्यो काम हुन नसकेको हो। तर प्रदेश सरकारले भने भारतबाट फर्किएका सबैको थ्रोट स्वाब संकलन गरी पीसीआर प्रविधीबाट परीक्षण सम्भव नभएको दावी गर्दै आएको छ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भारतबाट फर्किएर क्वारेन्टाईनमा बसेकाहरुको ¥यापिड टेस्ट मात्र गरिने बताए। उनले सबैको पीसीआर प्रविधीबाट नमूना परीक्षण गर्न सम्भव नभएको दावी गरे।  कुनै लक्षण नै नभएका मानिसमा समेत कोरोना भाईरसको संक्रमण देखिरहेका बेला परीक्षण नहुँदा कतै भित्र भित्रै फैलिरहेको त छैन् भन्ने आशंका समेत बढ्दै जान थालेको छ।

चिकित्सकहरुले समेत सुदूरपश्चिमको वास्तविक स्थिती थाहा पाउन परीक्षण बढाउनुपर्ने सुझाव दिएका बेला झनै सुस्त भईरहेको हो। प्रदेश सरकारले परीक्षणलाई गति दिन नसक्नुको कारणका रुपमा र्‍यापिड टेस्ट र थ्रोक स्वाब राख्न आवश्यक पर्ने भीटीएमको अभाव देखाउँदै आएको छ।

तर स्वयंम सरकारलाई आपूर्ती गर्न सक्ने अधिकार भएपनि वास्ता गरिएको छैन्। ती समाग्रीका लागि पनि संघिय सरकारकै मुख ताकिरहेको छ। तर अहिले पाँच हजार बढि किट र एक हजार चार सय ५३ भिटिएम मौज्दात भएपनि नमूना संकलन र परीक्षण्मा वेवास्ता गरिएको छ। तर सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको संक्रमण छ की छैन् ? जोखिम के कतीको छ अब भन्ने कुरा थाहा पाउन परीक्षणलाई तिव्रता दिनु नै उचित हुने सुझाव दिईएको छ। – dineshkhabar