धनगढी : कैलालीमा आजदेखि लकडाउनमा कडाई गर्ने प्रशासनले दावी गरेको छ। केही दिन दिउसोको समयमा समेत आवागमनमा रोक नलगाएको स्थानीय प्रशासनले भीड बढ्दै गएको भन्दै आजदेखि भने लकडाउनमा कडाई गर्ने जनाएको हो।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले आजदेखि अत्यावश्कय सेवा बाहेक सबै बन्द गनिे बताए।
‘लकडाउनका बेला जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गर्दै आएको ई–पासमा पनि कडाइ गरिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘अत्यावश्यक परेको खण्डमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सहमती दिइएको ई–पासलाई मात्रै मान्यता दिइने छ। लकडाउनमा पनि विना काम बाहिर निस्किनेलाई कारवाहीको दायरामा ल्याउनेछौ।’
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले पनि आजदेखि लकडाउनमा कडाई गरिने बताए। ‘अत्यावश्यक बाहेकका सबै सेवा आजदेखि बन्द रहनेछन्। किराना पसल पनि बन्द रहनेछन्। अनावश्यक रुपमा बारिह निस्किनेलाई कारवाही पनि गरिनेछ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने। – dineshkhabar
प्रतिक्रिया