जिल्ला प्रशासन कार्यालय अछामले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसअघि गरिएको लक डाउनलाई थप व्यवस्थीत बनाउन निषेधाज्ञा जारी गरिएको हो । अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलका अनुसार लक डाउनपछि धेरै मानिसहरु सचेत बनेपनि त्यसलाई थप व्यवस्थीत बनाउन निषेधाज्ञा जारी गरिएको हो । तर निषेधाज्ञा भन्दैमा…