मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारमा ४ स्थानिय तहका गरि करिब ६५ जनाको स्वाब संकलन गरिदै

कमलबजारमा ४ स्थानिय तहका गरि करिब ६५ जनाको स्वाब संकलन गरिदै


कमल रावल, चैत २६ अछाम

काठमाडौँबाट अछाम पुगेको बिशेषज्ञ स्वास्थ्यकर्मिको टोलिले कोरोनाभाईरसको सँक्रमण परिक्षण गर्नका लागी कमलबजारमा नमुना संकलन गर्ने भएको छ ।

हिजो बयालपाटा र मंगलसेनमा नमुना संकलन गरिसकेपछि आज कमलबजारमा गर्न लागिएको हो । कमलबजार क्षेत्र तर्फ पर्ने पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाद, ढकारी गाउपालिका र कमलबजार नगरपालिकाका नागरिकको स्वाब संकलन गरिने कमलबजार नगरपालिकाले जनाएको छ ।

कमलबजार, ढकारी, तुर्माखादमा क्वारेन्टाईनमा बस्ने नागरिक सहीत अन्य ब्यक्ति गरि अनुमानित ६५ जना भन्दा बढिको स्वाब संकलन गरिने कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडग बहादुर बिष्टले बताउनु भयो ।

हिजो नै गर्ने भनि नामावलि सबैको संकलन गरिएकाले आज केही थपघट हुन सक्ने बिष्टले बताउनु भयो ।

हिजो बयालपाटा र मंगलसेन गरि १ सय ५८ जनाको स्वाब संकलन गरिएको थियो । जसमा मंगलसेनमा बसेका क्वारेन्टाईन, बयालपाटा तथा जिल्ला अस्पतालमा आईशुलेसन बेडमा भर्ना भएका बिरामी, क्वारेन्टाईनमा खटेका स्वास्थ्यकर्मि, सुरक्षाकर्मि, खाना पकाउने भान्छे समेतको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौड्लले बताउनु भयो ।