मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संक्रमण सम्भावना धेरै भएका डोटी, अछाम र जुम्लामा कोरोना परीक्षण बढाइने

संक्रमण सम्भावना धेरै भएका डोटी, अछाम र जुम्लामा कोरोना परीक्षण बढाइने


सरकारले संक्रमण सम्भावना धेरै भएका डोटी, अछाम र जुम्लामा कोरोना भाइरस कोभिड १९ परीक्षणको दायरा बढाउने निर्णय गरेको छ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यी जिल्लामा संक्रमणको सम्भावना धेरै भएको ठहर गर्दै परीक्षणलाई सघन रूपमा अघि बढाउने निर्णय गरेको हो।

यी जिल्लामा पनि सरकारले र्‍यापिड टेस्टिङ किटबाटै परीक्षण गर्ने तयारी गरेको छ। यसअघि सरकारले कैलाली, कञ्चपुर र बाग्लुङमा यही किट प्रयोगबाट परीक्षण गर्ने बताएको थियो।

१५ मिनेटमै परीक्षणको नतिजा दिने भए पनि सरकारले सुरूमा यो किटको गुणस्तर जाँच्ने भएको छ। त्यसको लागि मंगलबारबाट कैलाली र कञ्चनपुरमा दुई सय जनाको नमूना लिने काम सुरू भएको छ। उक्त नमूनालाई र्‍यापिड टेस्टिङ किट र पिसिआर दुवै विधिबाट परीक्षण गरिनेछ।

सरकारले यही किटबाट चैत महिनामा उपत्यकाभित्र विदेशबाट आएका व्यक्तिको परीक्षण गर्ने भनेको हो । – setopati.com