मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाको नमुना परिक्षणको लागि स्वाब संकलन गर्न हेलिकप्टर सहितको टोली अछाम

कोरोनाको नमुना परिक्षणको लागि स्वाब संकलन गर्न हेलिकप्टर सहितको टोली अछाम


अछाम । कोरोना भाईरस कोभिड १९ को नमुना परिक्षणको लागि स्वाब संकलन गर्न हेलिकप्टर सहितको टोली अछाम आईपुगेको छ ।

आईश्वलेसनमा रहेका तथा जिल्ला बाहिरबाट आएर क्वारेण्टाईनमा बसेका नागरिकको स्वाब संकलनका लागि टोली अछाम आईपुगेको हो । कोरोना भाईरसको लक्षणसंग मिल्दो जुल्दो भएका व्यक्तीहरुको स्वाब संकलन गरी परिक्षणका लागि काठमाण्डौँ लगिने बताईएको छ ।

नेपाली सेनाको हेलीकप्टर सहित आएको स्वास्थ्यकर्मीको टोली न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा अवतरण गरेर क्षेत्र नं. १ अन्र्तगतका स्थानिय तहका हालसालै भारतबाट भित्रिएका नागरिक कोरोना संक्रमणको आशंका गरिएकाहरुको नमुना स्वाव संकलन गरिएको छ ।

कोरोनाको सम्भावित संक्रमितका रुपमा आशँका गरि स्थानीय तहबाट सिफारिस गरिएकाहरु करिव ५० जनाको नमुना स्वाव सँकलन गरिने बताईएको छ ।

अस्पतालमा नमुना संकलनका लागी अधिकाँस पुरुषहरु रहेकोमा अन्य केही महिला र बालवालिका रहेको बताईएको छ ।

बयालापाटा अस्पतालमा नमुना संकलन पश्चात हेलीकप्टर सहितको टोलीले आजै मंगलसेन र कमलबजारमा पनि नमुना स्वाब संकलन गरि साँझ टोली काठमाण्डौ फर्किनेछ ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकास गौचनका अनुसार संकलन गरिएका नुमना स्वावको रिपोर्ट ३ दिन भित्र आईसक्ने छ ।

फोटो : जनक कडायत