मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतलाको सहयोगार्थ जनस्तर सहयोग अभियानको दोश्रो दिन २ लाख ४० हजार सहयोग गर्ने घोषणा

बयालपाटा अस्पतलाको सहयोगार्थ जनस्तर सहयोग अभियानको दोश्रो दिन २ लाख ४० हजार सहयोग गर्ने घोषणा


२५ चैत्र, अछाम |
अछाम स्थित बयालपाटा अस्पताललाई कोरोना भाईरस नियन्त्रण तथा रोकथाम अस्पतालको रुपमा स्थापित गर्न नागरिक स्तरबाट अस्पताललाई आर्थिक सहयोग अभियान थालनि गरिएको छ ।
बिश्वमै नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन र भित्रिन नदिनु का साथै रोकथामका लागि बयालपाटा अस्पताललाई तयारी अवस्थामा राख्न जनस्तरबाट सहयोगको अभियान सुरु गरिएको हो ।

जस अन्र्तगत कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री, औषधी र उपकरणको व्याव्सथापनका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले जनस्तरबाट अस्पताललाई सहयोग गर्ने अभियान सुरु गरिएको समाजसेवी तथा अभियानकर्ता कृष्ण कुवँरले बताउनु भयो ।
जस अन्र्तगत अभियान थालनी भएको दोश्रो दिन आज मात्रै २ लाख ४० हजार सहयोग गर्ने विभिन्न क्षेत्रबाट घोषणा भएको छ ।

नेपाली कांग्रेस अछामले अस्पताललाई ५० हजार दिने घोषणा गरेको छ । निशुल्क रुपमा यस क्षेत्रका जनतालाई सेवा दिईरहेको बयालपाटा अस्पताललाई सबै तहबाट अब सहयोग गर्नुपर्ने भन्दै कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले आर्थिक संगै कांग्रेसले आवयश्क परेमा अन्य सहयोग पनि सबै तयार रहेको प्रतिबद्धता जनाउनु भएको छ ।

आर्थिक सहयोग अभियानमा अन्य सामाजिक व्यक्तित्वहरुबाट पनि आर्थिक जम्मा गर्ने घोषणा भएको छ । साँफेबगर नगरपालिकाका निमित्त कार्यकारी प्रशासकिय अधिकृत लक्ष्मिप्रसाद शर्माले ४५ हजार दिने घोषणा गर्नुभएको छ । यो अभियानले अस्पतालाई आवश्यक पर्ने उपकरण र स्वास्थ्य सामाग्री व्यावस्थापन गर्न सहज हुने र जसले गर्दा कोरोना भाईरस संग लड्न सकिने भन्दै शर्माले यसमा सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय माबी बाब्लाका शिक्षक मिन बहादुर कुवँरले आफ्नो एक महिनाको तलब ३५ हजार दिने घोषणा गर्नुभएको छ । दिनदुखी जनताको निशुलक रुपमा स्वास्थ्य सेवा गरेको बयालपाटा अस्पताललाई सबैले सहयोग गर्नुपर्ने खाँचो रहेको भन्दै कुवँरले सोही अनुरुप आफुले पनि सहयोग गरेको बताउनु भयो ।

अछाम उद्योग वाणिज्य संघ अछामका पूर्व अध्यक्ष समाजसेवी चन्द्र प्रसाद ढुंगाना र मनकला ढुंगानाले २५ हजार दिने घोषणा गर्नुभएको छ । परोपकार नै मानविय धर्म हो भन्दै ढुंगानाले यस अभियानमा सबैले सक्दो सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

अहिलेको बिशम परिस्थितीमा बयालपाटा अस्पतालमै कोरोना भाईरसको परिक्षणका लागि आवश्यक पूर्वाधार भएमा यस प्रदेश र कर्णालीका समेत केही जिल्लाका जनतालाई सेवा दिन सकिने भएकाले सहयोग गर्न आग्रह गर्दै आफु पनि बाँचौँ, अरुलाई पनि बचाऔँको ध्ययेले अघि बढ्नु अहिलेको आवश्यकक्ता भएको पूर्व अध्यक्ष ढुंगानाको भनाई छ ।

समाजसेवी तथा पत्रकार यज्ञराज ढुंगानाले १५ हजार, पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले १० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

एक दशक देखि स्वास्थ्यका क्षेत्रमा अनवरत रपमा क्रियाशिल बयालपाटा अस्पतालले यस क्षेत्रका जनताको निशुलक रुपमा स्वास्थ्य सेवा गरेको भन्दै पूर्व अध्यक्ष तिमिल्सैनाले अप्ठेरो परेका बेला अस्ताललाई सहयोग गर्नु आम अछामबासी बुद्धिजिवी र समाजसेवीको धर्म भएको उल्लेख गर्नुभएको ।

बयालपाटा अस्पताल नभएको भए धेरैले अकालमै ज्यान गुमाउनु पर्ने थियो अस्पतालले गर्दा यस क्षेत्रका जनताको घाउमा मलहम लगाउदैँ दिनदुखीको सहयोग गरेको अस्पताललाई सबैले सहयोग गर्नुपर्ने समाजसेवी ढुंगानाको भनाई छ ।

परोपकारी भावनाले समाजसेवी तथा खेलाडी मुकेश सुनारले १० हजार र साँफेबगर नपा ८ का समाजसेवी यज्ञमान कुँवर ग्रीसले पनि ५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

बयालपाटा अस्पतालको सहयोगका लागि सुरु गरिएको यस अभियानमा सबैको सहयोग खाँचो रहेको भन्दै न्या हेल्थ नेपाल बयापाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले परोपकारी भावनाले सहयोग गर्न चाहानेले स्वच्छिक रुपमा सिधैँ न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका निम्न खातामा आर्थिक जम्मा गर्न सकिने बताउनु भयो ।

मेगा बैँक नेपाल, खाता नं. ०३०००१००४२००१ (न्याय हेल्थ नेपाल)
कृषि विकास बैँक, खाता नं. ८२२७००६५०६९४०१९ (न्याय हेल्थ नेपाल)

अभियान सम्बन्धी आवश्यक अन्य जानकारी बुझ्न चाहेमा कृष्ण कुवँर र अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनसंग कुरा गर्न सकिनेछ ।