मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनबाट १ सय ७ र बयालपाटामा ५१ जनाको नमुना संकलन

मंगलसेनबाट १ सय ७ र बयालपाटामा ५१ जनाको नमुना संकलन


कमल रावल, चैत २५ – अछाम कोरोना भाईरसको सँक्रमण परिक्षण गर्नका लागी मंगलसेन र बयालपाटा गरि १ सय ५८ जनाको संकलन गरिएको छ ।

आज हेलीकप्टर सहित आएको स्वास्थ्यकर्मीको टोलीले बयालपाटा अस्पतालबाट ५१ जनाको नमुना स्वाब संकलन गरेको हो ।

सम्भावित कोरोना संक्रमितका रुपमा हेरिएका बिभिन्न गाउँपालिकाका र नगरपालिकाका ५१ जनाको नमुना सँकलन गरिएको बताईएको छ ।

बयालपाटा अस्पतलाबाट ५१ जनाको स्वाव सँकलन गरिएकोमा ४५ जना पुरुषको र ६ जना महिलाको स्वाव संकलन गरिएको स्वाव सँकलन गरिएको बयालपाटा अस्पतालका स्वास्थ्य निर्देशन डाक्टर बिकास गौचनले बताउनु भयो ।

त्यसपछि सदरमुकाम मंगलसेनमा गरिएको परिक्षणमा जिल्ला अस्पताल र मंगलसेनको क्वारेन्टाईनमा रहेका गरि १ सय ७ जनाको संकलन गरिएको छ । क्वारेन्टाईनमा ५१ पुरुष र १३ महीला गरि ६४ र जिल्ला अस्पतालका ३९ पुरुष र ४ महिला गरि १ सय जनाको संकलन गरिएको मंगलसेन नगरपालिका स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारीले जानकारी दिनु भयो ।

आजै कमलबजारबाट पनि स्वाब संकलन गरिने योजना रहेको यतिबेला के गर्ने भन्ने बिषयमा छलफल समेत भईरहेको अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडलले बताउनु भयो ।