अछाम : सेती लोकमार्गको तीन सय ५९ किलोमिटरमा हालसम्म दुई सय चार किलोमिटरको मात्र ट्रयाक निर्माण गरिएको छ। कैलालीमा भारतसँगको सीमानादेखि डोटी–अछाम–बाजुरा हुँदै बझाङमा चीनको सीमा ताक्लाकोटसम्म जोड्ने सेती लोकमार्गको कैलाली खण्डमासमेत तीन किलोमिटर सडकको ट्रयाक खोलिएको छैन। रुख कटानीको आदेश नभएकाले सडकको ट्रयाक निर्माणमा समय लागेको हो। सेती लोकमार्गको दक्षिणी खण्डका प्रमुख रमेश भटराईले…