मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्टुडियोमा सर्प पसेपछि रेडियो रामारोशनको प्रशारण अबरुद्ध

स्टुडियोमा सर्प पसेपछि रेडियो रामारोशनको प्रशारण अबरुद्ध

अछाम जिल्लाभरी छैन् सर्प उद्धार समाग्री


अछाम । सामुदायिक रेडियो रामारोशनको स्टुडियोमा सर्प पसेको छ । अछाम जिल्लाको ठुलासैनमा रहेको पहिलो रेडियो सामुदायिक रेडियो रामारोशनमा सर्प पसेको हो ।

स्टुडियोमा सर्प पसेपछि रेडियोको प्रसारण अबरुद्ध भएको रेडियोका कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाले बताए । रेडियोको स्टुडियो रहेको भवनमा सर्प पसेपछि ४ घण्टा देखि प्रसारण अबरुद्ध भएको उनले बताए ।

सर्प स्टुडियोबाट बाहिर ननिस्केपछि रेडियोका कर्मचारीहरु रेडियोमा जान नसकेका उनले बताए । रेडियोबाट सर्पलाई बाहिर निकाल्न उद्धारका लागि डिभिजन वन कार्यालय अछाम र जिल्ला प्रहरी कार्यालयमा खबर गरेपनि उद्धार समाग्री नभएको प्रतिक्रिया आएको रेडियोका अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले बताए ।

प्रहरीको सहयोग माग्दा स्थानिय सामाग्री प्रयोग गरेर सर्प उद्धार गर्न जवाफ पाईएको उनले बताए । जिल्लाभरमा कहि कतै सर्प उद्धार समाग्री नभएको पाईएको अध्यक्ष तिमिल्सैनाको भनाइृ छ ।