मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेवा प्रदायक र सेवा ग्राही बिच अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न

सेवा प्रदायक र सेवा ग्राही बिच अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न


अछाम । सेवा प्रदायक र सेवा ग्राही बिच अन्तरक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । आस्था नेपालको आयोजना तथा कमलबजार नगरपालिकाको समन्वयमा र वल्र्ड भिजन इन्टरनेशनल आस्था नेपालको प्राबिधिक सहयोगमा सेवा प्रदायक र सेवा ग्राही बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कमलबजार नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिर्घा टमट्टाको अध्यक्षतामा कार्यक्रम गरिएको हो । वडा अध्यक्ष टमट्टाले बालबालिका र सुनौला हजार दिनका आमाहरुका लागि वडा बाट उचित राहतको व्यवस्था गर्ने र किशोरीलाई उच्चस्तरीय शिक्षा सम्म पढाउने आमाबुबा लाई वडा बाट पुरस्कृत गर्ने बताईन ।

यस्तै आफ्नो बच्चालाई नियमित चेकजाँच गराउने बानी पार्न आग्रह गरिन । बच्चालाई कुपोषण देखियको भए बच्चालाई पोषण युक्त सामाग्री बितरण गर्ने बताईन ।

उक्त कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगाना , पन्जिकरण शाखाका एम आई एस अब्रेटर लक्षमण बिष्ट , उजुरी प्रशासन शाखाबाट पबित्रा भण्डारी पोषण शाखा बाट दुर्गा सिजापती , सुनौलो हजार दिनका आमाहरु किशोर किशोरीहरु पत्रकार लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहीले गरेका थिए । कार्यक्रमका सम्पूर्ण सहभागी पदाधिकारीले आफ्नो शाखाले गरेका कामहरुको जानकारी गराएका थिए ।