मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालयमै खानेपानीकाे चरम अभाव :पानी पिउन विद्यार्थीहरू होटेल जान्छन् 

विद्यालयमै खानेपानीकाे चरम अभाव :पानी पिउन विद्यार्थीहरू होटेल जान्छन् 


अछाम: जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर -५ लयाँटीमा रहेको श्री नवज्योति माद्यामिक विद्यालयमा खानेपानीको चरम अभाव देखिएको छ । वर्षा याममा पनि विद्यालय परिसर भित्र खानेपानी नहुँदा करिब ५ सय जना विद्यार्थीहरू चर्को घाममा काकाकुल बन्नु परेको हो । 

विद्यालय भित्र खानेपानीको आपूर्ति नहुँदा विद्यार्थीहरू आसपासका पसल तथा होटेलहरूमा गएर पानी पिउनु पर्ने बाध्यता रहेको कक्षा ९ मा अध्ययनरत एक छात्राले बताइन् ।

सहज रूपमा खानेपानी आपूर्ति नहुँदा विद्यार्थीले प्रयोग गर्ने शौचालय समेत प्रयोगविहीन अवस्थामा छ । खानेपानीको लागि करिब १५ मिनेट हिँडेर होटेल तथा पसलमा जाँदा  पढाइमा समेत बाधा भइरहेको आम विद्यार्थीरूकाे गुनासो छ ।

खानेपानी आपूर्तिका लागि ट्याङ्की र धारा निर्माण भएको वर्षौँ भए पनि विद्यालय प्रशासनले कुनै चाँसाे देखाएको छैन । खानेपानी व्यवस्थापनका लागि ३ वर्ष अघि ट्याङ्की निर्माण भए पनि विद्यालय प्रशासन तथा शिक्षकहरूको लापरबाहीका कारण अहिले सम्म खानेपानी आपूर्ति नभएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुल बहादुर बुढाले बताए  । 

अभिभावकहरूले पटक पटक विद्यालय प्रशासनलाई आग्रह गर्दा पनि निर्माण गरिएका भौतिक संरचना प्रयोग विहीन अवस्थामा देख्दा आफूलाई दुःख लागेको उनको भनाइ छ । 

खानेपानी लाइनमा देखिएको समस्याका कारण विद्यालयमा सहजै आपूर्ति हुन नसकेको विद्यालय प्रशासनको दाबी छ । केही दिनमै विद्यालयमा खानेपानीको सहज आपूर्ति हुने विद्यालय प्रशासनले जानकारी दिएको छ ।