नेपालगञ्ज - कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना भएका दुई जनाको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आइसोलेसनमा रहेका दुई विरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । दुवैजना श्वासप्रश्वास तथा छाती सम्बन्धित समस्याले ग्रसित थिए । आइसोलेसनको आईसीयूमा रहेका बर्दिया बढैयाताल–३ का ४२ वर्षाीय इस्राइल बेहना र कोहलपुर–५…