मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेतबारीमा काम गर्दा पनि समाजिक दुरि कायम राखौँः डा. गौचन

खेतबारीमा काम गर्दा पनि समाजिक दुरि कायम राखौँः डा. गौचन


कमल रावल, अछाम ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले खेतबारीमा काम गर्दा समेत यतिबेला ब्यक्ति ब्यक्ति बिचको दुरि कायम गर्नुपर्ने बताउनु भएको छ ।

बिश्व स्वास्थ्य संगठनका अनुसार कम्तिमा पनि १ मिटरको सामाजिक दुरि कायम गरेर काम गर्नुपर्ने भनेकाले सकेसम्म त्यो भन्दा बढि दुरि कायम गरेर काम गर्न सकिने बताउनु भयो ।

डा गौचनले हिउदे बालि भित्रयाउनका लागि प्रत्येक नेपाली यतिबेला खेतबारीमा ब्यस्त हुने भएकाले सबै एक ठाउँमा भएर काम गर्नु भन्दा प्रत्येकले फरक फरक स्थानबाट काम सुरु गर्नु पर्नेमा उहाँको जोड रहेको थियो ।

अछाम जिल्लामा कोरोनाभाईरसको संक्रमण भईहाले पनि जिल्ला अस्पताल र बयलपाटा अस्पतालमा सामान्य मात्र उपचार सम्भव भएकाले यसलाई मध्यनजर गर्दै एक ब्यक्तीले सास फेर्दा अर्को ब्यक्तिसम्म नपुग्ने गरि खेतबारीमा काम गर्न आग्रह गर्नु भयो ।

यतिबेला घर भित्र समेत दुरि कायमको आवश्यकता भएकाले घरमा एक भाडेमा खाना पकाएर प्रत्येक ब्यक्तिले छुट्टा छुट्टै खाने गर्नुपर्ने बताउनु भयो । हरेक ब्यक्तिले तातो पानि पिउने, घरमै भएको साँग, फलफुल, झोलिलो खानेकुरा खानुका साथै आफ्नै बारिमा फलेको स्थानिय उत्पादनमा जोड् दिनु पर्ने उहाँको भनाई छ ।