मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेराेना राेकथामकाे लागि भएका पहल बारे अछाममा छलफल सुरु

काेराेना राेकथामकाे लागि भएका पहल बारे अछाममा छलफल सुरु


अछाम जिल्लामा कोरोना रोकथामको लागि भईरहेको पहल र प्रयासको बारेमा बुझ्न सुरु गरिएको छ ।

जिल्लाका विभिन्न स्थानिय तहहरुले कारोना भाईरसको संक्रमण फैलिन नदिन र रोकथाम गर्न के के पहल गरिहेका छन् भनेर जानकारी लिन थालिएको छ ।

जिल्ला विपत व्यावस्थापन तथा अनुगमन समिति संयोजक जिल्ला समन्वय समिति प्रमुख नरवहादुर कुवर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल सहित समितिका पदाधिकारीहरुले त्यसको अनुगमनका लागि अछामका विभिन्न पालिकाहरुमा पुग्नुभएको छ ।

आईतबार विहान ९ वजे साफेवगर नगरपालिकामा कोरोना रोकथामको लागि गरिएको पहल र प्रयासको वारेमा छलफल भईरहेको छ ।

छलफलमा नगरप्रमुख कुलवहादुर कुवरले नगरपालिकाले गरिरहेको प्रयासका बारेमा जानकारी गराउका थिए ।

छलफलमा उपप्रमुख विरमला बुड्थापा, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद शर्मा, नगर प्रवक्ता बालगिरि कुवर, भवानी बकस गणका प्रमुख लोचन कार्कि, अछाम प्रहरी प्रमुख दिपक भारती, ईलाका प्रहरी कार्यालय साफेवगर प्रमुख नरपती भट्ट लगाएतको सहभागीता रहेको थियो ।

आईतबार नै मेल्लेख तथा चौरपाटी गााउपालिसंग पनि छलफल गरिने समितिले जानकारी दिएको छ ।