मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीको टीकापुरमा दुई हजार ७ सय लाई राहत वितरण

कैलालीको टीकापुरमा दुई हजार ७ सय लाई राहत वितरण


कैलाली – टीकापुर नगरपालिकाले राहत वितरणमा तीव्रता दिएको छ। नगरपालिकाले आठ वडामा वितरण गरिसकेपछि धेरै लाभग्राही भएको टीकापुर–१ मा भने वितरण जारी राखेको छ। नगरपालिकाले वैशाख ११ गतेसम्म लकडाउनका कारण प्रभावित अतिविपन्न दुई हजार ७९० परिवारलाई राहत पु¥याएको जनाइएको छ।    

राहात पाउनेमा वडा नं १ का एक हजार २२६ परिवार छन् भने वडा नं २ देखि ९ सम्ममा एक हजार ५६४ परिवार छन्। वडा नम्बर १ का ३०० परिवारलाई शुक्रबार मात्रै राहत दिएको छ। टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले शुक्रबारदेखि खाद्यान्न पाइएकाले अब निरन्तररूपमा वितरण गरिने बताए। “राहतका लागि आवश्यक खाद्यान्न खरिद गरेका छौँ”, प्रमुख रावलले भने, “अब चार÷पाँच दिनभित्र वितरण कार्य सक्छौँ।” रासस