मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि ‘पोजेटिभ’

धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि ‘पोजेटिभ’


धनगढी : धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको चौथो पटक गरीएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले चैत २२ गते कोरोना पुष्टि भएपछि संक्रमित महिलाको चार पटक सम्म परीक्षण भईसकेको छ। सूचना अधिकारी श्रेष्ठले उनको फेरी परीक्षण गरिने बताए।

उनीसंगै भर्ना भएका दुई जना कोरोना संक्रमित भने डिस्चार्ज भईसकेका छन्। अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसमा उनको मात्रै उपचार भईरहेको छ। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। ३४ बर्षीय महिलामा दुबईबाट आएका उनका ३४ बर्षीय देवरबाट कोरोना सरेको आशंका गरिएको छ।

उनका देवर सहित अस्पतालबाट अहिले सम्म चार जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक, लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिला र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भईसकेका हुन्। – dineshkhabar