मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्तनिरंकारी मण्डलद्धारा साफेबगर नगरपालिकालाई ५० हजार सहयोग

सन्तनिरंकारी मण्डलद्धारा साफेबगर नगरपालिकालाई ५० हजार सहयोग


अछाम 

सन्तनिरंकारी मण्डल नेपाल शाखा अछाम द्धारा साफेबगर नगरपालिकाको कोरोना राहत कोषमा नगद ५० हजार १ सय आर्थिक सहयोग गरेको छ ।

जिल्ला संयोजक जय बहादुर साउँदले साफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुँवरलाई उप्त नगद रकम हस्तान्तरण गर्नु भएको हो ।

रकम हस्तान्तरण गर्दै जिल्ला संयोजक साउदले थोरै भएपनि यस बिपत्तीलाई पार लगाउन सहयोग गरेको बताउनुभयो। सहयोग रकम बुझ्दै नगरप्रमुख कुँवरले कोरोना भाईरसको पारेको बिषम परिस्थितिमा यो परिस्थिति लाई सामान गर्न मण्डलले सहीत अन्य ब्यक्ति र संस्थाले गरेको सहयोग पुर्ण सदुपयोग गरिनेमा बिस्वस्थ हुन सबैलाई आग्रह गर्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा साफेबगर नगर उप प्रमुख बिर्मला देबी बुड्थापा,निमीत्त प्रशासकीय अधिकृत ,मण्डलका साफेबगर आर्थिक बिभाग प्रमुख खम्म कुवँर सन्त महात्मा मोती सिह बुढा लगायतको उपस्थिति रहेको थियो ।