अछाम : अछामको चौरपाटी गाउँपालिकाले दोस्रो गाउँसभा तथा हिउँदे अधिबेसनको पहिलो बैठक सम्पन्न गरेको छ । बुधबार गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदको अध्यक्षतामा सम्पन्न भएको हिउँदे अधिबेशनले ५३ लाख ३ हजार ३ सय ७० रुपैयाँ ६९ पैसा बराबरको बजेट बिनियोजन गरेको हो । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको चौरपाटी गाउँपालिकाले दोस्रो गाउँ सभा…