अछाम : जिल्लाकाे मेल्लेख गाउँपालिकामा प्रधानध्यापकहरुका लागि ३ दिने नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ ।
बिद्यालयकाे सामुहिक उदेश्य प्राप्तिका लागि नेतृत्व अभ्यास कार्यन्वयन, शिक्षाको मापदण्ड पुरा गर्न, शिक्षाका गतिविधि आधुनिक परिवेशमा बदल्न शिक्षाको गुणस्तर, प्रभावकारिताका लागि, प्रधानध्यापककाे जिम्मेवारी, वहनमा प्रतिबद्ध गराउन, साथै मेल्लेखका बिद्यालयलाई नमुना बिद्यालयकाे रुपमा बिकास गर्न शिक्षा नितिमा भएका अधिकार प्राप्ति शिक्षाकाे बृद्धि बिकास ,शुसासन कायम गर्ने उदेश्य ले तालिमको आयोजना गरिएको थियो ।
तालिम मेल्लेख गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा काे अायाेजनामा भएको हाे । तालिम समापन जनता मा.बि .का प्रधानध्यापक नृप बहादुर बि. क. काे अध्यक्ष्ातामा सम्पन्न भएको थियोे ।
समापन तालिम का प्रमुख अतिथि मेल्लेख गाउँपालिका कार्यबाहक अध्यक्ष तिलक कडायत रहनु भएका थिए ,तालिम मा सहभागी सम्पूर्ण बिद्यालय काे प्रतिनिधित्व गर्दै पिपल चाैर मा . बि . का प्रधानध्यापक उपेन्द्र शाह ले तालिममा सिकिेका कुरा सबै बिद्यालय मा कार्यनयन गर्नुपर्ने र तालिम निकै उपयाेगि रहेकाे बताएका थिए ।
मेल्लेखका ४२ वटै बिद्यालय का प्रधानध्यापकाे सहभागिता रहेकाे तालिमको सहजिकरण शिक्षा विकास समन्वय इकाई प्रमुख लक्ष्मणराज गरि र मेल्लेख गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख बिरेन्द्र खड्काले गर्नु भएको थियाे ।



प्रतिक्रिया