मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ महिनाको अवधिमा अछाममा ८० जना क्षयरोगका बिरामी

४ महिनाको अवधिमा अछाममा ८० जना क्षयरोगका बिरामी


अछाम : पछिल्लो ४ महिनाको अवधिमा अछाम जिल्लामा ८० जना क्षयरोगका बिरामी पत्ता लागेका छन् ।

आर्थिक बर्ष २०७९ ८० को श्रावण देखि कार्तिक सम्मको तथ्यांक अनुसार जिल्लामा ८० जना नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् ।

गत आर्थिक बर्षमा अछाम जिल्लामा १ सय ८१ जना क्षयरोगका बिरामी फेला परेका थिए ।

यस्तै मलेरियाका १० जना नयाँ बिरामी समेत यस आर्थिक बर्षमा फेला परेका छन् । अघिल्लो आिर्थक बर्षमा मलेरियाका समेत १ सय ८१ जना बिरामी थिए ।

गत आर्थिक बर्षमा अछाम जिल्ला ५७ जनालाइए एचआईभी एड्सको संक्रमण रहेको पुष्टी भएको थियो ।

सदरमुकाम र साँफेबगरमा क्षयरोग, एचआईभी र मलेरिया सम्बन्धी आयोजना भएको अभिमुखीकरण कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको थियो ।