मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायकलाई बालमैत्री वडा बनाउन सराेकारवालाहरुकाे अन्तरक्रिया

विनायकलाई बालमैत्री वडा बनाउन सराेकारवालाहरुकाे अन्तरक्रिया


अछाम : जिल्लाकाे पञ्चदेवल नगरपालिका २ विनायकलाई बालमैत्री वडा बनाउन सराेकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक कुप्रथा न्युनिकरण र बालमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि सराेकारवाला संग अन्तरक्रिया कार्यक्रम विनायकमा सम्पन्न भएको हाे।

वडा नम्बर -२ विनायककाे आयाेजना, आस्था नेपाल वल्ड्रभिजनकाे सहयोग तथा पञ्चदेवल नगरपालिकाकाे समन्वयमा वडा बालमैत्री स्थानीय शासनका सूचककाे विषयमा छलफल गर्दै मंगलबार कार्यक्रम सम्पन्न भएको हाे ।

वडा नम्बर -२ लाई लक्षित गर्दै बालमैत्री शासनका लागि विभिन्न सुचक जस्तैः बाल बचाउ,बाल संरक्षण,बाल विकास,बाल सहभागीता, संस्थागत विकासका ५१ वटा सुचक माथि स्थानीय सराेकारवाला संग छलफल गरिएको हाे । गणेश कृपा हाेटलकाे सभाहलमा वडा नम्बर २ का वडा अध्यक्ष कृपा धामीकाे अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका कार्यकारी नगरप्रमुख दुर्गा तिमिल्सैना प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख तथा प्रतिनिधि,वडा स्थित विद्यालयका प्रतिनिधि,पत्रकार,सुरक्षाकर्मी,बालअधिकारकर्मी,स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो ।