मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्ण खोपको सुनिश्चिततामा प्रतिबद्ध भएर लाग्ने अछामका जनप्रतिनिधीहरुको प्रतिबद्धता

पूर्ण खोपको सुनिश्चिततामा प्रतिबद्ध भएर लाग्ने अछामका जनप्रतिनिधीहरुको प्रतिबद्धता


अछाम : अछाम जिल्लामा पूर्ण खोप सुनिश्चितताका लागि प्रतिबद्ध भएर लाग्ने अछामका सबै पालिकाका जनप्रतिनिधीले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लाको सदरमुकाम मंगलसैनमा आयोजित एक कार्यक्रममा बोल्दै उनिहरुले पूर्ण खोपको सुनिश्चितता संगै स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राखेर काम गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

विकासका अन्य कुरा भन्दै स्वास्थ्य क्षेत्र सबैभन्दा सम्बेदनशिल क्षेध भएको भन्दै उनिहरुले आगामी बर्ष देखि स्वास्थ्यमन आवश्यक बजेट बिनियोजित र स्वास्थ्य शाखाका कर्मचारीलाई जिम्मेवार बनाउन लाग्नेमा उनिहरुको जोड छ ।

स्वास्थ्य कार्यालय अछामले आयोजना गरेको एक कार्यक्रममा जनप्रतिनिधिले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि आ आफ्नो क्षेत्रबाट कुनैपनी कुराको कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

जिल्लाको स्वास्थ्य क्षेत्रमा अहिले पनि विभिन्न किसीमका समस्याहरु रहेकाले त्यी समस्याहरु समाधान गर्नका लागि आ—आफ्नो क्षेत्रबाट पहल गर्ने र पालिका स्तरमा देखिएका समस्या समाधानका लागि स्वास्थ्य शाखा प्रमुख संग प्रभावकारी ढंगले समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन ।

जिल्लालाई पुर्णखोप सुनिश्चितता कायम राख्नका लागि पुरा गर्नुपर्ने सुचकहरुमा तत्काल आफ्नो पालिकामा स्वास्थ्य शाखा लगायत सरोकारवाला संग बसेर काम गर्ने समेत उनिहरुले बताएका छन ।

अभिमुखीकरण कार्यक्रम पछि जिल्लाको समग्र स्वास्थ्य अवस्थामा सुधार गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालय अछामले तयार पारेको ८ बुदे प्रतिबद्धता पत्रमा सहमति जनाउदै हस्ताक्षर गरेका जनप्रतिनिधि तथा अन्य सरोकारवालाले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा आवश्यक्ता अनुसारको स्रोत साधनको व्यवस्थापन गरेर अघि बढ्ने बताएका छन ।

कार्यक्रममा अछाम जिल्लाको स्वास्थ्य क्षेत्रमा भएका सकारात्मक गतिविधि र सुधार गर्नुपर्ने सुचकका बारेमा जानकारी गराईएको थियो । जिल्ला समन्वय समिती अछामका प्रमुख तथा खोप समन्वय समिती अछामका संयोजक ललित बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले पहिलको भन्दा जिल्लाको स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन आएको बताए ।

विगतमा जिल्लाको स्वास्थ्य अवस्था र स्वास्थ्यका विषयमा मानविय चेतनाको विषयलाई स्मरण गर्दै नगर प्रमुख बोहराले अहिले धेरै कुरामा सुधार आएको र थप सुधारका लागि आफ्नो पालिका प्रतिबद्ध रहेको बताए । स्वास्थ्य जस्तो सवेदनशिल विषयमा लापरबाही गर्न नहुने भन्दै यसका लागि सरोकारवाला पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ ।

पंचदेवल विनायक नगरपालिका प्रमुख अम्बीका चलाउनेले अहिले पनि स्थानीय पालिकामा रहेका स्वास्थ्य शाखा र जनप्रतिनिधि विच प्रभावकारी समन्वय हुन आवश्यक देखेकाले जिल्लालाई पुर्ण खोप सुनिश्चितता कायम गर्नका लागि देखीएका चुनौतीलाई समाधान गर्न पहल गर्नुपर्ने बताईन् ।

स्वास्थ्यलाई प्राथमिक्तामा राखेर आफ्नो नगरले काम गरेपनि सही रिर्पोटिंग नहुदा सुचकहरुमा पछि देखिएको बताउदैँ अब स्वास्थ्य शाखासंग समन्वय गरेर प्रभावकारी काम संगै रिर्पोटिंगमा पनि राम्रो काम गर्नुपर्नेमा जोड दिईन् ।

साफेबगर नगरपालिका उप प्रमुख शिव बहादुर कुवरले स्थानीय सरकारले गर्नुपर्ने स्वास्थ्य जस्ता कतिपय अधिकारहरु प्रदेश र संघ सरकारले खोसेकोमा दुख ब्यक्त गर्दै यही कारणले स्थानीय सरकारले आफु अनुकुल हुनेगर कामगर्न नसकेको दुखेसो गरे ।

स्थानीय स्तरमा स्वास्थ्य क्षेत्रमा अहिले पनि अपेक्षाकृत ढंगले सुधार आउन नसकेको भन्दै यी देखीएका समस्याहरु समाधान गर्नका लागि यस संग सरोकार राख्ने ब्यक्ति र संस्थाले प्रतिबद्ध भएर कामगर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अछाम जिल्लाका १० वटै पालिकाका नगर प्रमुख, उप प्रमुख अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, यस क्षेत्रमा कामगर्ने संघ संस्था लगायत सरोकारवालाको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रमको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक राज ढुंगानाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन जनस्वास्थ्य अधिकृत झपट राज ढुंगानाले गरेका थिए ।