मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा शैक्षिक गुणस्तर खस्किनुमा अभिभावक र शिक्षक पनि दोषी छन : समन्वय प्रमुख गिरी

अछाममा शैक्षिक गुणस्तर खस्किनुमा अभिभावक र शिक्षक पनि दोषी छन : समन्वय प्रमुख गिरी


अछाम : जिल्लामा शैक्षिक गुणस्तर खस्किदै गएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख लक्ष्मण गिरीले बताएका छन ।

शिक्षकहरुको लापर्बाही, विद्यालय व्यवस्थापन समिती तथा अभिभावकहरुको बेवास्ताका कारण अहिले जिल्लाभरी शिक्षाको गुणस्तर खस्किदै गएको उनले बताएका हुन ।

बुधबार पञ्चदेवल विनायक नगरपालिकामा स्थानीय तहका जनप्रतिनिधीहरु तथा सम्बन्धित शाखा प्रमुखहरुका लागी विद्यालय स्वास्थ्य,पोषण र दिवा खाजा कार्यक्रम सम्बन्धी परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख गिरीले विद्यालयमा बिद्यार्थीको गुणस्तर न्युन हुनुमा बिशेषगरी अभिभावकहरु उदासीन बनेको उल्लेख गरेका हुन ।

जिल्लाका प्राय विद्यालय व्यवस्थापन समितीहरुले विद्यार्थीहरुको भविष्यलाई ध्यान नदिई आफ्नो स्वार्थ पुरा हुने खालका निणर्य मात्रै गरेको उनले आरोप लगाए ।

अछाममा प्राय माद्यामिक विद्यालयहरुमा जिल्ला शिक्षा तथा समन्वय इकाईले अनुगमन गर्दा विद्यालय व्यावस्थापन समितीको निणर्यमा भौतिक संरचना निर्माणका लागी माग बाहेक शिक्षाको गुणस्तर विकासका लागी अहिले सम्म कुनै पनि निणर्य नगरेको पुष्टी समेत गरेका छन ।

पछिल्लो समय शिक्षाको गुणस्तर लाजमर्दो अवस्थामा पुगेको प्रती उनले दुख व्यक्त गरेका छन ।