अछाम। सुदूरपश्चिम प्रदेस सरकारको सामाजिक विकास मन्त्रालयले राष्ट्रिय व्यवसायीक योग्यता प्रमाणीको बारेमा अछामका रोजगारतादाहरुसँग अन्तरक्रिया गरेको छ। अछाम उद्योग वाणिज्य संघसँगको सहकार्यमा आज सदरमुकाम मंगलसेनमा राष्ट्रिय व्यवसायीक योग्यता प्रमाणी, प्रदेश सरकारको भूमिका, निजी क्षेत्रसँगको सहकार्य बिषयमा रोजगारदाताहरुबीच अभिमूखिकरण गरेको हो। सामाजिक विकास मन्त्रालयका अधिकृत लोकेन्द्रप्रसाद भट्टले राष्ट्रिय व्यवसायीक योग्यता प्रमाणीको मुख्य उद्देश्य निश्चित मापदण्डका आधारमा…