अछामको मंगलसेन नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नाराका साथ मंगलसेन स्वास्थ्य शाखाको आयोजनामा पूर्ण खोप सुनिश्चितता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी सो घोषणा गरिएको हो । १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार…