काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ। पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको छ। केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो।