मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ७४३ जनामा कोरोना पुष्टि

देशभर ७४३ जनामा कोरोना पुष्टि


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज पुष्टि भएकामा २४६ जना महिला र ४९७ जना पुरुष छन्।

योसहित नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार २३४ पीसीआर नमुना परीक्षण गरिएको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ। जसमध्ये ९ हजार १५४ जना संस्थागत आइसोलेसनमा छन् भने ४ हजार ५६१ जना होम आइसोलेसनमा छन्।

हाल देशभर ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १७५ जना डिस्चार्ज भएसँगै हालसम्म कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ।

उपचारपछि निको हुने संख्या ५८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।