मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ३० हजार नाघ्याे, एकैदिन ११ जनाकाे ज्यान गयो

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ३० हजार नाघ्याे, एकैदिन ११ जनाकाे ज्यान गयो


काठमाणडाै – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । गएको २४ घण्टामा आठ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या ३० हजार चार सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १३ हजार पाँच सय ७९ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय ३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १८ हजार दुई सय १४ पुगेको छ ।

अब नेपालमा १२ हजार एक सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै  १२ हजार दुई सय ३४ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।