मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६ दिनमै कोरोनाबाट ४२ जनाको मृत्यु, ४ हजार ४५७ संक्रमित

६ दिनमै कोरोनाबाट ४२ जनाको मृत्यु, ४ हजार ४५७ संक्रमित


काठमाडौं – महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा भदाै लागेपछिको ६ दिनमा ४ हजार ४ सय ५७ जना संक्रमित भएका छन् भने ४२ जनाको मृत्यु भएको छ।

पछिल्लो ६ दिनमा एकै दिनमा एक हजारभन्दा धेरै संक्रमित थपिनुका साथै ११ जनासम्मको मृत्यु भएको छ। संक्रमण रोकथामका लागि देशका ४२ जिल्लामा निषेधाज्ञा लगाए पनि संक्रमण दर भने घटेको छैन।

कुन दिन कति संक्रमित थपिए? कतिको मृत्यु भयो?

गतेसंक्रमितमृत्यु
भदाै १५८१३
भदाै २१०१६७
भदाै ३६८१६
भदाै ४७०७६
भदाै ५८३८११
भदाै ६६३४९

भदौ लागेपछि  संक्रमित हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको संख्या ह्वात्तै बढेको छ।

अग्रमोर्चामा खटिएका व्यक्तिहरुमै संक्रमण देखिन थालेसँगै यसले भयावह रुप लिने जोखिम बढेको भन्दै विज्ञहरु चिन्तित बनेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार साउन महिनाभरमा ९ हजार ३ सय १६ जना संक्रमित थपिएका थिए भने ६५ जनाको मृत्यु भएको थियो। यस्तै असारमा ११ हजार १ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो।

जेठमा पाँच हजार नाै सय ६२ जना संक्रमित थपिँदा १९ जनाको मृत्यु भएको थियो। चैत र वैशाखसम्ममा कोरोनाबाट एक जनाको पनि मृत्यु भएको थिएन भने २ सय ४३ जना संक्रमित भएका थिए।