बाजुरा: बाजुरामा आगोले जलेकी मुस्लिम महिलालाई उपचारका लागि काठमाडौ लगिएको छ। जिल्लाको बुढिनन्दा नगरपालिका– ६ कोटिला बस्ने ३५ वर्षीया गौचना मियालाई नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान काठमाडौले सहयोग गर्ने भएपछि उनलाई काठमाडौ पठाइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले बताए। उपचार अभावमा अस्पतालको शैयामा भनेर समाचारमा पढेपछि आफुहरुले उपचारमा सहयोग गर्ने संस्थाका अध्यक्ष सम्राटसिंह…