मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मी भण्डारीले गरे बयालपाटा अस्पताललाई आर्थिक सहयोग

स्वास्थ्यकर्मी भण्डारीले गरे बयालपाटा अस्पताललाई आर्थिक सहयोग


६ बैशाख, अछाम – स्वास्थ्यकर्मी रामबहादुर भण्डारीले बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।

अछाम जिल्लाको सिरकोट स्वास्थ्य चौकीका ईन्चार्ज समेत रहेका भण्डारीले बयालपाटा अस्पतलाको सहयोगार्थ १५ हजार ५ सय ५५ रुपयाँ आर्थिक सहयोग गरेका हुन् ।

बयालपाटा अस्पतालले यस क्षेत्रका जनताको निशुल्क रुपमा निरन्तर रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको प्रशंसा गर्दै भण्डारीले अस्पतालको दिर्घकालिन का लागि सहयोग गरेको बताए ।

साथै अहिले कोरोनाको उपचारमा सहजता तथा रोकथामका लागि सहयोग पुगोस भनेर सबै क्षेबाट अस्पताललाई सहयोग आवश्यक रहेका बेला आफलुे पनि सहयोग गरेको भण्डारीको भनाई छ ।

सबै क्षेत्रबाट यस्तै परोपकारी मनहरुको सहयोगको खाँचो रहेको भन्दै न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले अस्पतालको स्वास्थ्य सेवालाई दिर्घकालिन रुपमा जारी राख्न सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउनु भयो ।

कोरोनाको नियन्त्रण संगै अस्पतालका अन्य सेवालाई पनि सधै निरन्रता दिन सहयोग आवश्यक रहेको भन्दै डाक्टर गौचनले सहयोगका लागि अपिल समेत गर्नुभएको छ ।