मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनबाट प्रभावित नागरिकलाई राहत दिने निर्णय गर्दै मंगलसेन नगरको २० औं कार्यपालिका बैठक सम्पन्न

लकडाउनबाट प्रभावित नागरिकलाई राहत दिने निर्णय गर्दै मंगलसेन नगरको २० औं कार्यपालिका बैठक सम्पन्न

नगरले अछाम अस्पताललाई आवश्यक सहयोग गर्ने


होम साउद, अछाम ।

मंगलसेन नगरपालिका नगर कार्यपालिकाको २० औं बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
सामाजिक दुरी कायम गर्दै नगरप्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा भएको बैठकले कोरोना भाईरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरबाट गरिएका गतिविधिको समिक्षा गरिनुका साथै अन्य निर्णय समेत पारित गरेको छ ।

जसमा बन्दाबन्दीबाट प्रभावित असंगठित श्रमिक, विपन्न, अपांग तथा असहाय नागरिकलाई पहिलो प्राथामिकता दिई पुष्ट्याइका आधारमा ३ दिन भित्र उपलब्ध हुने विवरण बमोजिम राहात वितरण गर्ने निर्णय पारित गरिएको छ ।

यस्तै बैठकले अछाम अस्पताललाई कोभिड १९ रोगको उपचारकेन्द्रको रुपमा स्थापना गर्न आवश्यक पर्ने उपकरण, औषधी, लगायतका स्वास्थ्य सुरक्षा सामाग्री खरिद गर्न आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

यसैगरि बन्दाबन्दी अवस्थालाई थप प्रभावकारी बनाउन नगरभित्रको आवगमन पैदलयात्री तथा सवारीसाधन को प्रत्यक्ष अनुगमन गरी रोक्ने, अत्यावश्यक काम खाद्य ढुवानी, विरामी ओसारपसार तथा काजक्रिया बाहेकका सवै प्रकारका सवारी पास पुर्ण रुपमा नियन्त्रण गर्ने, कालोबजारी लाइ नियन्त्रण गर्न अनुगमन गर्ने र खाद्य ढुवानीसँग मदिरासमेत ढुवानी हुने कार्यलाइ नियन्त्रण गर्न प्रहरी तथा जनप्रतिनिधिको रोहोवरमा मात्र खाद्य सामाग्री लोड अनलोड गर्न दिने निर्णय गरिएको छ ।

बैठकबाट नगरपालिकाले कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणलाई मध्येनजर गरी स्थापना गरेको क्वारेन्टीनमा खाना, आवास लगात विविध शिर्षकमा भएको खर्च रकम ७ लाख २९ हजार अनुमोदन गरेको छ भने मंगलसेन नगरपालिकामा कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागी बन्दाबन्दी अवस्थामा भए गरेका प्रशासनिक तथा स्वास्थ्य क्रियाकलाप र खर्च बारे शाखागत रिपोर्टिङलाई अनुमोदन गरेको छ ।

सामाजिक दुरी कायम गर्दै नगरपालिकाको प्राङगणमा भएको बैठकमा नगर उपप्रमुख सरिता उपाध्याय, सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको नगरपालिकाका सूचना अधिकारी तथा योजना अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनुभयो ।