मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाक्टर बरालको नेतृत्वमा ६ जनाको चिकित्सकिय टोली अछाम आईपुग्यो

डाक्टर बरालको नेतृत्वमा ६ जनाको चिकित्सकिय टोली अछाम आईपुग्यो

सुदूर आज

७ बैशाख, अछाम ।

संघिय स्वास्थ्य मन्त्रालयबाट अछाम जिल्लाका लागि खटाईएको डाक्टरहरुको टोली अछाम आईपुगेको छ ।

डाक्टर सरद चन्द्र बरालको नेतृत्वमा अछाम जिल्लाका लागि ६ जना डाक्टरको टोली अछाम आईपुगेको हो ।

डाक्टर बरालले नेतृत्व गरेको टोलीमा डा. मिलन सिलुवाल, डा. क्षतिज सापकोटा, डा. धर्म रेग्मी, डा. बिष्णु खतिवडा, डा. मोहन नाथ रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली संघिय स्वास्थ्य मन्त्रालयले यस प्रदेशमा पठाएको थियो ।

सोही टोली अन्र्तगत ६ जना चिकित्सकको टोली अछाम आएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।

कोरोनाको जोखिम र संक्रमणलाई कम गर्न र जिल्लामा कोरोनाका संकास्पद बिरामीको उपचारमा सघाउन र अन्य बिरामीको उपचारका लागि पनि संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले चिकित्सक खटाएको थियो ।

चिकित्सको टोली जिल्लामा एक महिना सम्म रहेर काम गर्ने बताईएको छ ।

यसैबिच जिल्ला अस्पताल मंगलसेनले उक्त टोलीलाई फुलमाला लगाएर स्वागत समेत गरेको छ ।