मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना अपडेट : अछाममा १९ जना क्वारेण्टाईमै, ५ जना आईसोलेशनमा, हालसम्म सबैको रिपोर्ट नेगेटिभ

कोरोना अपडेट : अछाममा १९ जना क्वारेण्टाईमै, ५ जना आईसोलेशनमा, हालसम्म सबैको रिपोर्ट नेगेटिभ

हालसम्म ५ हजार ३ सय १७ जना जिल्ला भित्रिए

सुदूर आज

पूर्ण बहादुर खड्का, अछाम।

जिल्लाका विभिन्न स्थानिय तहमा गरी अछाममा हाल १९ जना क्वारेण्टाईमा रहेका छन् । स्वास्थ्य कार्यालय अछामको तथ्यांक अनुसार पञ्चदेवल बिनायक नगरपालिकाका ६ जना पुरुष, रामारोशन गाँउपालिकाका ५ जना पुरुष र बान्नगिढी जयगढ गाँउपालिकाका ४ महिला र ४ पुरष गरी ८ जनालाई क्वारेण्टाईनमै राखिएको छ ।

रामारोशनले पिंगला माविमा ३ जना पुरुषण् र निलकण्ठ माविमा २ जना पुरुषलाई राखेको छ भने बान्नीगढी जयगढ गाँउपालिकाकाले बरदादेवी सरस्वती माविमा ४ जना महिला तथा २ पुरुष र नन्दा माविमा २ जना पुरुषलाई राखेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।
स्थानिय तहले नै बनाएका क्वारेण्टाईनमा उनिहरुलाई राखिएको ढंगानाको भनाई छ ।

जिल्ला बाहरिबाट आएका उनिहरुलाई कोरोनाको जोखिमलाई मध्यनजर गर्दे १४ दिन सम्मका लागि क्वारेण्टाईनमा राखिएको स्वास्थ्य प्रमुख ढुंगानाले बताए ।

यसअघि मंगलसेन नगरपालिकामा १२ जना महिला, ४१ जना पुरुष, ६० बर्ष माथिका १ जना, ५ बर्ष मुनिका ७ जना, गर्भवती महिला १ जना र दिर्घरोगी १ जना गरी ५३ जनालाई क्वारेण्टाईमा राखिएको थियो ।

१४ दिन क्वारेण्टाईनमा बसेका उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको छ । यस्तै तुर्माखाँद गाँउपालिकामा क्वारेण्टाईनमा बसेका ३ जना र ढकारी गाँउपालिकाको क्वारेण्टाईनमा बसेका १ जना महिला र ९ जना पुरुष गरी १० जनालाई पनि घर पठाईसकिएको छ ।

अछाममा ११ वटा एम्बुलेन्स संचालनमा

जिल्लाका विभिन्न स्थानिय तह, प्राथमिक स्वास्थ्य केन्द्र, बयालपाटा अस्पताल र जिल्ला अस्पताल गरी ११ वटा एम्बुलेन्स संचालन रहेका छन् ।

यस जिल्लामा जिल्ला अस्पताल अछाम, बान्निगढी जयगढ गाउपालिका, कमलबजार नगरपालिका, मंगलसेन नगरपालिका वडा नं. १२, चौरपाटी गाउपालिका, मेल्लेख गाउपालिका, ढकारी गाउपालिका, भैरवस्थान स्वास्थ्य चौकी, बयालपाटा अस्पताल, पञ्चदेवल विनायक नगरपालिका र रामारेशन गाउपालिका गरी ११ वटा एम्बुलेन्स संचालनमा रहेका स्वास्थ्य कार्यालय अछामका प्रमुख झनंक ढुंगानाले बताए ।

आकस्मिक अवस्थामा बिरामी रेफर गर्नु पर्ने भएमा वा अन्यन्त्र जिल्ला लैजानु परेमा एम्बुलेन्स तयारी अवस्थामा रहेका ढुंगाानको भनाई छ ।

अछाममा १ सय ९६ जनालाई क्वारेण्टाईनमा राख्न सकिने क्षमता

४ सय ६० जना स्वास्थ्य कर्मचारी रहेको अछाम जिल्लामा कोरोनाका लागि भनेर जिल्लाका ३ वटा मुख्य प्रबेश ईलाकामा समेत हेल्थ डेस्क स्थापना गरिएका छन् । जिल्लाको चौखुट्टे नाका, बेलखेत नाका र साँफेबगर एयरपोर्टमा डेस्क स्थापना गरिएका छन् ।

जिल्लाका विभिन्न तह गरी १ सय ९६ जनालाई क्वारेण्टाईनमा राख्न सकिने क्षमता रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

हाल सम्म २१ जनालाई यसअघि आईसोलेसन वार्डमा राखिएकोमा हाल आएर ५ जना मात्र आईश्वलेसमा रहेका छन् ।

जसमध्ये जना बयालपाटा अस्पताल र जना जिल्ला अस्पतालको आईश्वलेसनको वार्डमा रहेका छन् । जिल्लामा विभिन्न तहका नागरिक गरी २ सय ४३ जनाको स्वाब संकलन भईसकेको अछाममा २ सय ३७ जनाको रिर्पोट समेत नेगेटिभ भएको पुष्टी भएको छ ।

त्यसमध्ये केहिको रिपोर्ट आउन बाँकी छ । जसमा २ सय ३० जनाको आरडिटी किट मार्फत जाँच भएको छ ।

हालसम्म ३ हजार ८९ जना जिल्ला भित्रिए

अछाम जिल्लामा अन्य मुलुक तथा जिल्ला बाहिर बाट हालसम्म ५ हजार ३ सय १७ जना जिल्ला भित्रिएको तथ्यांक रहेको छ ।

सुदूर आजलाई प्राप्त तथ्यांक अनुसार चौरपाटी गाँउपालिकामा ९० पुरुष तथा १८ महिला गरी १०८, साँफेबगर नगरपालिकामा ११६ पुरुष तथा २६ महिला गरी १४३, मेल्लेख गाँउपालिकामा ४३०, बान्नीगढी जयगढ गाँउपालिकामा २१२ पुरुष तथा ८७ महिला गरी २९९, मंगलसेन नगरपालिकामा ७३२ पुरुष तथा २५८ महिला गरी ९९०, कमलबजार नगरपालिकामा १८६ पुरुष तथा २८ महिला गरी २१४, पञ्चदेवल बिनायक नगरपालिकामा ७८ पुूूरुष तथा ७ महिला गरी ८५, तुर्माखाँद गाँउपालिकामा २९०, ढकारी गाँउपालिकामा १६६ पुरुष तथा २६ महिला गरी १९२ र रामारोशन गाँउपालिकामा १७८ पूरुष तथा २० महिला गरी १९८ जना भित्रिएका छन् ।

यस्तै ९८ जना ५ बर्ष मुनिका बालबालिका, १ जना सुत्केरी महिला, २ जना गर्भवती र ३९ जना ६० बर्ष माथिका नागरिक पनि जिल्ला भित्रिएका छन् ।

सबैको रिपोर्ट नेगेटिभ
अछाम जिल्लामा हालसम्म सबैको रिपोर्ट नेगेटिभ रहेको छ । जिल्ला बाट परिक्षणका लागि पठाईएको स्वाब अनुसार सबैको रिपोर्ट नेगेटिभ रहेको हो ।

स्वाब परिक्षणका लागि धनगढी र काण्माण्डौँ पठाईएको थियो । यस्तै जिल्लाका केही स्थानिय तहमा भएको आरडिटी परिक्षणमा समेत सबैको रिपोर्ट नेगेटिभ रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।